काठमाडौं, १९ भदौ। सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ । सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको छ । अहिले व्यवस्थापिका संसद्ले पनि आफ्नै छुट्टै लोगो प्रयोग गर्दै…

नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समिति

काठमाडौं, १९ भदौ । सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको छ । मन्त्रालयको टुंगो लगाउन गठित उच्चस्तरीय समितिले केन्द्रमा १८…

कारागारको सट्टा घरमा बसेर सजाय भुक्तान गर्न सकिने ,कानुन संसदबाट पारित

काठमाडौं,१९ भदौ। कारागारको सट्टा घरमा बसेर सजाय भुक्तान गर्न सकिने व्यवस्थासहितको फौजदारी कसुरसम्बन्धी कानुन संसदबाट पारित भई प्रमाणीकरणको क्रममा छ । कानुनमा कैद सजाय पाएको व्यक्तिले सामुदायिक काम गरेर, पुनस्र्थापना केन्द्रमा बसेर वा…

महानगरलाई ९ करोड कर बुझाउन अटेर गने अन्सारी मेयर उम्मेदवार

काठमाडौं,१९ भदौ । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् । बक्यौता कर असुलीका लागि ताकेता…

प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखे

काठमाडौं , १९ भदौ। आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाइएको…

मापडण्ड भन्दा बढी शुल्क उठाउँदै गर्दा एक कर्मचारीलाई रंगेहात पक्राउ

काठमाडौं , १८ भदौ। विदेश जाने व्यक्तिसँग तोकिएकोभन्दा बढी शुल्क उठाउँदै गर्दा एक म्यानपावरका कर्मचारीलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ । सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको बिभागका…

दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङले चितवनमा सुपथ मूल्य पसल सञ्चालन

चितवन,१८ भदौ, । दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले…

आज नेपालकै पहिलो पीआईए, शिवम् होङ्सी सिमेन्टले ३६ अर्ब भित्र्याउँदै

काठमाडौं,१८ भदौ । लगानी बोर्डले आइतबार होङ्सी सिवम् सिमेन्टसँग परियोजना लगानी (पीआईए) सम्झौता गर्दैछ । चीनको हङकङ रेड लायन र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा बनाइको होङ्सी सिवम् सिमेन्ट कम्पनीसँग लगानी बोर्डले आज पीआईए गर्न लागेको हो…

प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं, १८ भदौ। प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई गरेको छ ।प्रहरीले महोत्तरी लोहरपट्टी ४ का २२ वर्षे कृष्णा शर्मालाई नागढुंगामा चेकजाँचका क्रममा प्रक्राउ गरेको जनाएको छ । उनको सहयोगमा लागुऔषध तस्करमा संलग्न बनेपाका ३०…

परम्परागत इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु (फोटो झिचर)

भक्तपुर, १८ भदौ । धार्मिक तथा साास्कृतिक महत्वको परम्परागत इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु भएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर…