गुगलले गत वर्ष ७ लाख एपहरुलाई प्ले स्टोरबाट हटायो

0 30

गुगलले गत वर्ष ७ लाख एपहरुलाई प्ले स्टोरबाट हटाएको छ । कम्पनीका अनुसार ती एपहरु ‘खराब’ थिए ।

प्लेस्टोर लाखौं एपहरुको घर हो जसमध्ये केही राम्रा हुन्छन् भने केही खराब पनि हुन्छन् । गुगलको भाषामा खराब एपहरु ती हुन् जसले प्ले स्टोरको नीति पालना गर्दैनन् ।

२०१७ मा गुगल प्लेले खराब एप्सहरुविरुद्ध ‘एक्सन’ लिएको गुगलले मंगलबार घोषणा गर्‍यो । यसले इम्पर्सोनेसन, इनएप्रोप्रियट कन्टेन्ट र मालवेयरको प्रयोग गरेर खराब एप्सहरु पत्ता लगाएको हो ।

गुगुलका अनुसार ७ लाख एप्स र एक लाख डेभलपर्सहरु हटाइएको छ जुन अघिल्लो वर्ष लिइएका एप्सको ७० प्रतिशत हो ।

‘गत वर्ष प्रयोगकर्ताले खराब एप इन्स्टल गर्न सक्ने खतरालाई हामीले आधाभन्दा कममा झा¥यौं र उनीहरुको डिभाइसलाई हानीकारक तत्वहरुबाट जोगायौ । साथै गुगल प्लेलाई आफ्नो लाभको निम्ति एपको पर्यावरण विगार्न खोज्ने तत्वहरुका लागि चुनौतिपूर्ण स्थान बनायौं,’ आफ्नो ब्लग पोष्टमा गुगलले लेखेको छ ।

कम्पनीका अनुसार उसले प्लेस्टोरबाट खराब एपहरु हटाएको मात्र छैन, कसैले इन्स्टल गर्नुभन्दा अगाडि नै तिनीहरुको पहिचान गरेर एक्सन लिएको छ । ९९ प्रशित खराब एपहरुलाई हटाइएको कम्पनीको दावी छ । एकपटक हटाइएका एपहरु फेरि फर्किन नदिइने गरी प्रविधि विकास गरिएको पनि ब्लगमा उल्लेख छ ।

खराब एप्सबाट कसरी जोगिने त ?

गुगलले ‘गुगल प्ले प्रोटेक्ट’

गुगलले प्रयोग  आफ्ना प्रयोगकर्ता र उनीहरुका डिभाइसलाई खराब एपहरुबाट सुरक्षित राख्न २०१७ मा लन्च गरेको हो, गुगल प्ले प्रोटेक्ट । यो प्ले स्टोरमा आफैं सेट भएको हुन्छ । यसले प्ले स्टोरमा डाउनलोड भएका सबै एप्सको स्क्यान गर्छ ।

तपाईंले प्ले स्टो मेनुमा गुगल प्ले प्रोटेक्ट भेटाउन सक्नुहुन्छ । स्क्यानिङ अप्सनलाई अन÷अफ गर्न सकिन्छ र यसलाई आफैंले रिफ्रेस गर्न पनि सकिन्छ । प्ले प्रोटेक्टले स्क्यान भएका एप्स देखाउँछ र अघिल्लो चोटि स्क्यान भएको समय पनि देखाउँछ । अज्ञात एप्सलाई अझ राम्रो पहिचानका लागि गुगलमा पठाउन अर्को उन्नत विकल्प छ ।

एपको अनमुतिलाई बुझ्ने

एन्ड्रोइड ६.० मार्सम्यालो र त्योभन्दा माथिको अपरेटिङ सिस्टम भएका डिभाइसले एप्सका लागि प्रदान गरिने अनुमतिहरुको व्यवस्थापन गर्न सक्छन् । जब तपाईं प्ले स्टोरबाट एउटा एप डाउनलोड गर्नुुहुन्छ, तपाईंले डेभलपर्सद्वारा अनुरोध गरिएको निश्चित अनुमति प्रदान गर्नुपर्ने हुन्छ । तल स्क्रोल गरेर र ‘डेभलपर’ मा थिचेर प्रत्येक एपका लागि आवश्यक अनुमति चेक गर्न सक्नुहुन्छ ।

यसको प्रयोग गर्न थालिसकेपछि तपाईं यी अनुमतिहरुलाई स्वीकार र अस्वीकार गर्न सक्नुुहुन्छ । सेटिङमा गएर एप्स खोल्नुस र प्रत्येक एप खोलेर यसको विवरण हेर्नुस । यहाँ तपाईंले ‘पर्मिसन्स’ भेट्टाउनुहुन्छ, जसलाई एपमा पहुँच दिनका लागि कस्टमाइज गर्न सकिन्छ ।

सामान्यतया एपका आवश्यकहरुमा क्यालेन्डर, क्यामरा, कन्ट्याक्ट्सm लोकेसन र माइक्रोफोन पर्छन् । एपले पहुँच प्राप्त गर्न सक्ने हरेक फिचरका लागि अन÷अफ गर्न सकिन्छ । यद्यपि, याद राख्नुस कि यदि अनुमति प्रदान गरिएन भने एपका निश्चित फिचरहरुले काम नगर्न सक्छन् ।

नक्कली एप्स चिन्नुस्

गुगलको प्ले स्टोरमा नक्कली एप्सहरु भरमार हुन्छन् । गुगलले यी एप्सलाई ‘कपिक्याट्स’ का रुपमा वर्गिकरण गर्छ । प्लेस्टोरमा आमरुपमा पाइने खराब एप्स यिनै कपिक्याट्स हुन् ।

कुनै पनि एप डाउनलोड गर्नुभन्दा अगाडि यसको वैधता जाँच गर्नुस । यसका लागि तपाईंले एपको रेटिङ, डाउनलोड गरिएको संख्या र सबैभन्दा महत्वपूर्ण समिक्षा हेर्नुपर्ने हुन्छ । डेभलपर्सहरुले आफ्नो एपलाई सक्कली देखाउन भरिसक्ये प्रयास गरेका हुन्छन् । थप सूचनाका लागि तपाईंले वेवमा गएर वास्तविक लोगो र एपको नाम परिक्षण गर्न सक्नुहुन्छ ।

फेक एपभन्दा बाहेक तीभन्दा खतरनाक एपहरु पनि हुन्छन् जसलाई ‘पोटेन्सियल्ली हार्मफुल एप्लिकेसन्स (पीएचए) का रुपमा वर्गिकरण गरिएको छ । तपाईंको स्मार्टफोनमा डाउनलोड भएमा यी एप्से फ्रड एसएमएस पठाउने, ह्याकिङ नगर्ने, ट्रोजन इन्स्टल गर्ने आदि गर्न सक्छन् । गुगल प्ले प्रोटेक्ट लन्च गरेपछि यस्ता एप्स पत्ता लगाउनेउ गुगलको प्रयासले मुर्तरुप लिइरहेको छ ।साभा अनलाईन खवर