रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ कारण यो छ

0 28

काठमाडौं,२१ माघ। हवाई जहाजको यात्रा सबैभन्दा महंगो हुन्छ । त्यसैले आम सर्वसाधारणको यात्राको माध्यम सार्वजनिक बस, ट्याम्पु, ट्याक्सी वा अटोरिक्सा हुने गर्दछ ।

कसैले तपाईंलाई रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ भन्यो भने तपाईं ठान्नुहुन्छ, यो मान्छे बहुलाएछ । तर, भारतका एक नागरिक उड्डेयन मन्त्रीले नै रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुने दावीसहित गणितीय तथ्यांक नै पेस गरेका छन् ।

भारतको इन्दरोरमा शनिबार आयोजित २७ औं इन्टरनेसनल म्यानेजमेन्ट कन्फ्रेन्समा नागरिक उड्डयन मन्त्री जयन्त शर्माले यस्तो दावी गरेका हुन् । कार्यक्रममा उनले भने, ‘भारतमा अटो रिक्साको भाडा भन्दा प्लेनको भाडा कम छ । केही मानिसहरुले मलाई भन्लान्, नचाहिँदो कुरा गर्‍यो भनेर, तर यो सत्य हो ।’

यसको गणितीय ब्याख्या गर्दै सिन्हाले भने, ‘आजभोलि यात्रुहरुले इन्दोरबाट दिल्ली जाँदा हवाइजहाजमा प्रतिकिलोमिटर केबल ५ रुपैयाँ खर्च गर्छन् । तर यदि रिक्सा चढ्नु भयो भने तपाईंले प्रतिकिलोमिटर ८ देखि १० रुपैयाँ तिर्नुपर्छ ।’

त्यही भएर धेरै मानिसहरुले यात्रा गर्दा हवाई जहाज रोज्ने गरेको उनको दावी छ । संसारमै हवाइजहाजको भाडा सस्तो भएकाले भन्दै उनले अर्थमन्त्री अरुण जेट्लीलाई चप्पल लगाउने व्यक्तिहरु पनि हवाई जहाजमा उडिरहेको विषयलाई ख्याल गर्न आग्रह गरे ।

सिन्हाका अनुसार चार वर्ष अघि हवाई जहाजमा यात्रा गर्ने मानिसको संख्या ११ करोड रहेकोमा यसै आर्थिक वर्षको अन्त्यतिर यो संख्या झण्डै २० करोड पुगेको छ । उनले आगामी वर्षमा सरकारले हवाई यात्रा गर्ने व्यक्तिहरुको संख्या पाँच गुणाले बढाउने पनि बताए ।