प्रदेश का ६ प्रदेशसभा सदस्यहरुको सपथग्रहण समापन

0 32

काठमाडौं, ७ माघ। प्रदेश का ६ प्रदेशसभा सदस्यहरुको सपथग्रहण समापन भएको छ ।जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएपछी बाँकी ३९ जना सदस्यहरुलाई सपथ ग्रहण गरमएका हुन् ।

सपथग्रहण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयभवनमा सम्पन्न गरीएको हो ।शनिबार उडान भर्न नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार विहान मात्रै सपथ लिन सुर्खेत आई पुगेका थिए ।प्रदेश ६ मा जमा ४० जना प्रदेश सदस्य रहेका छन् ।