सुरक्षाकारबाहीमा दस जना तालिबान आतङ्ककारी मारिए

0 27

जलालाबाद, अफगानिस्तान,  आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दस जना तालिबान आतङ्ककारी मारिएका छन् ।

पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडालक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले बुधबार जानकारी दिनु भएको छ ।