हृदयघातका कारण स्पेनमा १ नेपाली युवाको निधन

0 19

बार्सिलोना । हृदयघातका कारण स्पेनमा १ नेपाली युवाको निधन भएको छ। सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण निधन भएको हो।

क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर डेरामा फर्किएलगत्तै हृदयघात भएको थियो।

सन् २०११ देखि स्पेनमा बस्दै आएका गुरुङ गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएका थिए। श्रीमतीलगायत घर–परिवार नेपालमा रहेकाले शव व्यवस्थापनका लागि यहाँस्थित नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।