मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव दियो , ‘लिलिबिली’पछि ‘ह्याप्पी डेज’ सार्नु पर्ने

0 17

निर्देशक मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव दिएका छन् । यसअगाडि चलचित्र ‘२.०’का कारण उनले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति केही दीन सार्नुपरेको थियो ।अब, अर्को चलचित्रलाई पनि हिन्दी चलचित्रले नै असर गर्ने भएपछि उनले प्रदर्शन मिति सार्न लागेका छन् ।

माघ १२ गतेलाई प्रदर्शन मिति तय गरेको ट्रेलर समेत सार्वजनिक भैसकेको चलचित्र ‘ह्याप्पी डेज’ अब तोकिएको मितिमा प्रदर्सनमा नआउने भएको छ । उत्त मितीमा २ ठूला हिन्दी चलचित्र प्रदर्सनमा आउने भएका छन् । संजयलिला भन्सालीको प्रतिक्षित चलचित्र ‘पद्यमावत’ माघ १२ गते रिलिज हुने भएको छ ।

यस्तै, नायक अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’ यो मितिमा रिलिज हुने पहिले नै तय थियो ।दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको यो चलचित्रको नयाँ प्रदर्शन मिति चाडै नै तय गरिने निर्माणपक्षले बताएको छ । यो बर्ष नै चलचित्र रिलिज हुने बताइएको छ ।