आज पहिलोपटक नेकपा एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

0 24

काठमाडौं, २५ पुस। गयाको चुनाब पछी आज पहिलोपटक नेकपा एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको छ ।

बैठकले राजनीतिकबैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने बताएका छन् ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित झलनाथ खनाल , माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल छन् । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ सदस्य छन् ।

पार्टी एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले भेटवार्ता गरेका थिए । एमाले–माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने निर्णय गरेका थिए । यो अप्रत्यासित निर्णय भएको तीन महिनापछि पहिलोपटक बस्न लागेको एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठकलाई चासोका साथ हेरिएको छ । दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।