गीतकार नृप्रेश उप्रेतीको शब्दमा सोहमको ढुकढुकी बनिन् एलिना

0 40

गीतकार नृप्रेश उप्रेतीको शब्दमा तयार भएको ‘मुटुको ढुकढुकी’ बोलको गीतको म्यूजिक भिडियोसहीत सार्बजनिक भएको छ । शान्तिम कोइराला र सपना रानी जोशीले स्वर दिएको उत्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीले मोडलिङ गरेका छन् । उत्त भिडियोको दामन, कुलेखानी लगायतका स्थानमा छायांकन गरिएको छ । सोम कुस्कुमाझीले उत्त भिडियोको निर्देशन गरेका हुन् भने अर्जुन सापकोटाको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन गर्नुभएको छ ।