प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने भन्दै रुपन्देही एक घण्टा चक्काजाम गरे

0 28

बुटवल,२० पुस। प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गर्दै रुपन्देही कांग्रेसले एक घण्टा चक्काजाम गरेको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काजाम गरेको हो । बिहान बिद्यालय जाने र कार्यालय जाने समयमा गरिएको चक्काजामले बिद्यार्थी र कर्मचारी बढी मारमा परे ।

बुटवलको अस्पताललाइनमा आयोजित बिरोधसभामा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापती हरि लम्सालले सरकारलेराजधानीरुपन्देही बाहिर लगे जनताले सिंहदरबार घेर्ने बताए । उनले थप आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए नगर सभापति खेलराज पाण्डेले बुटवलमा प्रदेश राजधानी नभएसम्म नेपाली कांग्रेस अव संघर्षको मैदानबाट नफर्किने बताए ।

सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणलेराजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।