नेपालमा सोतोकान करातेको संस्थागत विकास र वर्तमान अवस्था

0 13

नेपालमा संचालनमा रहेका कराते खेलका थुप्रै विधाहरु मध्ये एक हो सोतोेकान कराते । नेपालमा सोतोकान कराते खेल करातेका वरिष्ठ प्रशिक्षक हेमकमार श्रेष्ठले भित्र्याएका हुन् । नेपालमा सोतोकान कराते शुरुभएको धेरै लामो समय नभएता पनि नेपाली खेलकुद जगतमा कराते तर्फ बेग्लै पहिचान बनादै उँएउटा अब्बल दर्जाको कराते खेलको रुपमा सोतोकान करातेले आपूmलाई स्थापित गरेको छ ।

संस्थागत रुपमा राष्ट्रिय खेलकुद परिषद्देखि क्षेत्र र थुप्रै जिल्लाहरुमा विकास र विस्तार गर्दै योग्य खेलाडी तयार गरेको छ र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कराते प्रतियोगिताहरुमा खेलाडीहरुलाई सहभागी गराउँदै उच्च सफलता हासिल गरेको छ । अर्कोतर्फ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गरी स्वदेशी तथा विदेशी खेलाडीहरुलाई समेत सहभागी गराउँदै खेलकुद क्षेत्रबाट मुलुककै प्रतिष्ठा बढाउने र विश्व जगतमा नेपाललाई परिचित गराउने कार्यमा योगदान पु¥याउँदै आएको छ ।

वि।सं २०५४ साल माघ १७ गते विधिवत रुपमा राष्ट्रिय खेलकुद परिषद्बाट हेमकुमार श्रेष्ठको अध्यक्षतामा नेपाल सोतोकान कराते संघको रुपमा दर्ता प्रमाणित भएपछि हालसम्म सोतोकान कराते संघले ३८ जिल्लामा शाखा डोजोहरु सहित ४५ वटा प्रशिक्षण केन्दहरु्र संचालनमा रहेका छन् र ति केन्द्रहरुमा ३२ सय प्रशिक्षार्थीहरु कराते प्रशिक्षण गरिरहेका छन् । जसमध्ये १ सय ४० जना ब्ल्याक बेल्ट स्तरका प्रशिक्षार्थी तयार भइसकेका छन्भने थप २ सय ६५ जना प्रशिक्षार्थीहरु ब्ल्याक बेल्ट गे्रडिङ्गको तयारीमा रहेका छन् । यसको अलावा गोरखा, धादिङ्ग, रुपन्देही र मकवानपुर जिल्लामा डोजो स्थापना गर्ने तयारी संघले गरेको छ ।

नेपालमा सोतोकान करातेको शुरुआत
नेपालमा सोतोकान कराते (SKIF) को शुरुवात प्रशिक्षक हेमकुमार श्रेष्ठले गरेका हुन् । हाल नेपाल सोतोकान कराते संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक समेत रहेका श्रेष्ठ इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयको अध्ययनका क्रममा भारतमा रहँदा सोतोकान करातेको प्रशिक्षण लिएका थिए । लामो समयको कराते प्रशिक्षण गरेपछि सन् १९९६ सम्म आइपुग्दा उनले तेस्रो डान प्राप्त गर्न सफल भए ।

त्यससँगसँगै संयुक्त अधिराज्यका प्रमुख प्रशिक्षक जिमपाल्मर तथा द वल्र्ड सोतोकान कराते डो फेडेरेशनका प्रमुख प्रशिक्षक हितोसी कासुयाबाट थप प्रशिक्षण लिएर सफलता हासिल गरे । करिव १८ वर्षभन्दा लामो समय कराते प्रशिक्षण गरेका श्रेष्ठले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्टता समेत हासिल गरेका छन् ।

सोतोकान करातेमा लामो समयसम्मको क्रियाशीलता पछि नेपाल फर्केका श्रेष्ठ खेलकुद क्षेत्रका उच्च व्यक्तित्व स्वर्गीय गोपाल सिंह गुरुज्यूको आग्रहमा दिल्लीको बसाईलाई अन्त्य गरी नेपाल फर्किएर सोतोकान करातेको प्रशिक्षण शुरु गरेका थिए । उनले वि।सं २०५३ साल जेष्ठ २२ गते तत्कालीन खेलकुद मन्त्री बलबहादुर के।सी समक्ष राष्ट्रिय खेलकुद परिषदमा नेपाल सोतोकान कराते संघ (SKIF) दर्ता गर्नको लागि निवेदन दिएर औपचारिक रुपमै पहिलो पटक काभ्रेको धुलिखेलमा १५ जना प्रशिक्षार्थी हरुबाट डोजो स्थापना गरी नेपालमा सोतोकान करातेको प्रशिक्षण शुरु गरेका थिए ।

सन् २०१७ मा नेपालमा आयोजित प्रथम दक्षिण एसियाली सोतोकान कराते प्रतियोगितामा सहभागी खेलाडीहरु शुरुआती दुई महिनाको अन्तरालमै ९२ जना प्रशिक्षार्थीहरु तयार भए । त्यसपछि दाप्चाको नमोबुद्धमा ८५ जना र बनेपामा ६५ जना प्रशिक्षार्थी करतेमा संलग्न भएपछि तीनवटा डोजोहरु स्थापना भयो । राखेपमा संघ दर्ताहुनु अगाडि नै काभ्रे जिल्लामा करिव ४ सयजना प्रशिक्षार्थीहरु तयार भइसकेका थिए ।

सोही वर्ष नेपालमै पहिलो पटक सोतोकान करातेको ग्रेडिङ्ग कार्यक्रम तत्कालीन काभ्रे जिल्ला सभापति कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यसपछि वि।सं २०५४ साल मंसीरमा तत्कालीन खेलकुद मन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यतामा वृहत कार्यक्रमको आयोजना गर्दै गे्रडिङ्ग तथा कराते प्रदर्शनी गरियो ।

त्यस लगत्तै वि।सं २०५४ माघ १७ गते तत्कालीन राखेपका सदस्य सचिव रुक्म शमशेर राणाले हेमकुमार श्रेष्ठको अध्यक्षतामा नेपाल सोतोकान कराते संघ ९क्प्क्ष्ँ० गठन गरी राष्ट्रिय संघको रुपमा मान्यता प्रदान गरेपछि विधिवत रुपमा सोतोकान कराते स्थापना भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्मा विधिवत रुपमा दर्ता भएपछि नेपालमा सोतोकान करोतको विकास र विस्तारक्रम तिव्र रुपमा अगाडि बढेको देखिन्छ । हालसम्म ३८ जिल्लामा करिव ४५ वडा प्रशिक्षण केन्द्रहरु स्थापना गर्न सफल बनेको नेपाल सोतोकान कराते संघले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा कार्यक्रहरुको आयोजना गर्दै आफ्ना प्रशिक्षर्थीहरुलाई उत्साहपूर्वक सहभागी गराउँदै आएको छ ।

वि।सं २०५७, ०५९, ०६१, ०६२, ०६३ र ०७३ सम्म क्रमिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुको आयोजना गर्दै भारत, जापान, बेलायत लगायतका विदेशी भुमिमा समेत आफ्ना प्रशिक्षार्थी हरुलाई प्रतिष्पर्धामा सहभागी गराएर उत्कृष्ठ नतिजाहरु हासिल गर्न सफल देखिन्छ ।

सोतोकान करातेको शुरुआत र ऐतिहासिक पक्ष

सोतोकान करातेको शुरुआत १९ औं शताब्दिको अन्त्यतिर जापानबाट भएको थियो । जापानका गिचिन् फुनाकोसीबाट भएको हो । जापानको ओकिनावा टापुमा मास्टर अजाटोबाट सुरिटे खेल र मास्टर इतोसुबाट नहाटे मार्शल आर्ट खेल हासिल गरी दुवै खेललाई मिलाएर सोतोकान कराते नामाकार गरी शुरु गरिएको इतिहास छ ।

शुरुआत सँगै विभिन्न मुलुकहरुमा प्रदर्शन गरिएपछि सन् १९२२ मा सोतोकान कराते संस्थागत रुपमा विकास भएको इतिहास पाउन सकिन्छ । व्प्ब् संस्थाको विकास सँगसँगै अप्रिल १९५७ मा गिचिन् फुनाकोसीको ८९ वर्षको उमेरमा निधन भए पश्चात् मास्टर नाकायामाले यस खेललाई स्पोर्टस् करातेको रुपमा संसारभरी फैलाएका थिए ।

तर संस्थागत विकासका क्रममा केही मत भिन्नता उत्पन्न भएपछि ग्रान्ड मास्टर ‘हिरोकाजु कानाजावा’ले सोतोकान कराते इन्टरनेशलन फेडरेशन ९क्प्क्ष्ँ० स्थापना गराए । त्यसपछि सोतोकान करातेको विकास र विस्तारले तिव्रता पायो र हालसम्म विश्वका १ सय ४५ वटा देशहरुमा सोतोकान करातेको प्रशिक्षण र संस्थागत रुपमा स्थापित भएको छ ।
– प्रस्तुती ःपुष्पराज गिरी