नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत

0 44

नेपालगञ्ज १७ पुस,। नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । उक्त विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी र भारती पनि मुछिएका छन् । सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए ।

उनले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए । आइतबार न्यू इयर इभ मनाउन उनले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए । मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेको होटल प्रशासनले जनाएको छ । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका हुन् । पीडित युवती मनोजले नै बोलाएर गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोतल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको अर्यालले जानकारी दिए ।

मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजले नै बोलाएर गएकी थिइन् । मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ तर, रिपोर्ट आउन बाँकी छ ।