आईटीएफ च्याम्पिएनशिपको पहिलो दिन नेपाललाई पाँच स्वर्णपदक

0 96

काठमाडौं,१३ पुस। भारतमा जारी अन्तराष्टिय आमन्त्रित आईटिएफ च्याम्पियनशिपमा नेपालले पहिलो दिन पाँच स्वर्णपदक जितेको छ । नेपालको लागि निशान्त लामीछानेले १० वर्षमुनीका खेलाडी समुहमा नेपाललाई स्वर्णपदक दिलाएका हुन । यसैगरि आशिष थापा र शान्तकुमार रानामगरले १३ बर्षमुनीको कलर बेल्ट प्याटन तर्फ भारतीय खेलाडीहरुलाई उनिहरुकै मैदानमा पराजित गर्दै स्वर्णपदक जित्न सफल भएका हुन ।

नेपाललाई स्वर्णपदक दिलाउने क्रममा बिबिका बस्नेतले १५ बर्षमुनिको खेलाडी समुह अन्र्तगत कलर बेल्ट प्याटनमा भारतकै खेलाडीलाई लगातार सेमिफाइनल र फाइनलमा पराजित गर्दै स्वर्णपदक उचालिन ।

बिबिकाले १५ बर्ष उमेर समुहकै ४० ५० केजी तौल समुहमा क्वाटर फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै वाई पाएर फाइनलमा भारतीय खेलाडीलाई नै हराउँदै नेपालको लागि पाचौं तथा व्यक्तिगत तर्फ दोस्रो स्वर्ण पदक हात पार्न सफल भएकी छिन ।