श्रीमतीले श्रीमानका ४ औंला काटेर पोलेर खाइन् !

0 41

काठमाडौं,१३ पुस। तुलसीपुर प्रहरीले, श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो ।

महीलाले गएराति करीब आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातको चार वटा औंला काटेर पोलेर खाएको भनी उजुरी परेपछि अभियुत्तलाई पक्रेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ ।

पीडित चन्द्रबहादुरको अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।