आईटीएफ अन्तराष्ट्रिय तेक्वान्दो खेल भोली देखी सुरु

0 81

डिसिम्वर २७ देखी २९ तारिक सम्म भारतको बैंगलोरमा आयोजना हुन गैरहेको आईटीएफ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लीन गयका नेपाली तेक्वान्दो आईटीएफ़ नेपाल का चार खिलाड़ी भोली रिङ्गमा भिड्ने भएका छन् । टीम मैनजर सहित सात सदस्यीय बैंगलोर तर्फ पुगेका थिय ।

सड़क तथा रेल मार्ग हुदै प्रस्थान गरेको टोली ले भोली देखी बैंगलोरको घरेलू रीङ्गमा उक्त प्रतियोगितामा भिड्ने छन् । १० बर्ष मुनि ३२ के।जी मुनी निशान लामीछाने , १३ बर्ष मुनि ३७ के।जी मुनि आशीष थापा, १३बर्ष मुनि ४२के।जी मुनि समीर राना मगर तथा महीला तफ १५ बर्ष समूहमा ४५ के.जी मुनि बिबिका बसनेतले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सबै खिलाडिले आफ्नोबेल्ट समूहको प्याट्रोन तफ पनी प्रतिस्पर्धा गर्दै छन् । टोली नेता मा अशोक कुमार थापा हुनुहुन्छ भने गायाजी खड्का ले रेफ्री को भूमिका निर्भाहा गर्दैछन् । तेक्वान्दो आईटीएफ नेपाल का संस्थापक अध्यक्ष तथा प्रमुख प्रसिछक लक्ष्मण बसनेत टीम कोच को भूमिका निर्वाह गर्दै छन् । सहभागी हुने टिम लाईं तेक्वान्दो आईटीएफ नेपाल का सल्लाहकर तथा रोलेक्स घडीका अन्तराष्ट्रीय ब्राण्ड ऐम्बैसडर आंग तेम्बा शेर्पा ले एक समारोह बीच बिजयेको शुभकामना दीएर विदाई गनुभएको थियो ।