फाइनल प्रवेशका लागि बिराटनगरले १२८ रनको लक्ष्य पायो

0 26

काठमाडौं,१२ पुष । एभरेष्ट प्रिमियर लिग र्इपीएल क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनलमा प्रवेशको लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्ने ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सफल भयो ।