अमेरिकाको बाइलोर यूनिभर्सिटीले पत्ता लगायो आफ्नो बच्चालाई नहप्काउनुस , रोगी हुन सक्छन्

0 34

हरेक आमाबुवा चाहन्छन्, आफ्नो सन्तान राम्रो र अनुसासित होस् । खुसी होस् । सुखी होस्। स्वस्थ्य होस् ।फुर्तिलो होस् । तन्दुरुस्त होस् । सक्रिय होस् ।
यस्तो शुभेक्षा राख्नु हरेक आमाबुवा चाहना राख्नु स्वभाविक हो । किनभने बालबालिका भनेका भोलिको उज्यालो भविष्य हुन् ।

बुवाआमाले बच्चाको खास रेखदेख राखनु, पोषिलो खानेकुरा ख्वाउँने गर्छन् । यति हुँदाहुँदै पनि बच्चाहरु बिरामी हुन्छन् । उनीहरुलाई रोगले ग्रस्त बनाउँछ । के कारणले बिरामी पर्छन् त उनीहरु ? बच्चाको स्वास्थ्यसँग जोडिएको यस्तो रहस्यलाई अमेरिकामा भएको एउटा रिसर्चले पत्ता लगाएको छ ।

बुवाआमाको बानी व्यवहारले बच्चाको स्वास्थ्यमा प्रतीकुल प्रभाव

अमेरिकाको टेक्सासमा रहेको बाइलोर यूनिभर्सिटीमा भएको अन्वेषणको प्रतिवेदनमा भनिएको छ कि आमा–बाबुको व्यवहारको असर बच्चाको स्वास्थ्यमा पर्न सक्छ । अन्वेषणमा संलग्न व्यक्तिहरुका अनुसार आमाबाबुको व्यवहार बच्चाहरुसँग एकदमै सहज र राम्रो छ भने बच्चाहरु स्वस्थ राम्रो रहन्छन् र ठूलो हुँदासम्म उनीहरुलाई रोगले लाग्दैन ।

बच्चासँग सुमधुर सम्बन्ध राखौं

बाइलोर यूनिभर्सिटीका सहायक प्रोफेसर र अन्वेषक म्याथ्यु एन्डरसनले आमा बाबुको बच्चासँगको सम्वन्ध बच्चाहरुले खाने, सुत्ने तथा उनीहरुको दैनिक जिवनका गतिविधिलाई प्रेरित गर्नका लागि अतिन जरुरी हुन्छ । त्यसैले संलग्न व्यक्तिहरुलाई सल्लाह दिइएको छ कि उनीहरुले आफ्ना बाल बच्चासँग सँधै नै सुमधुर सम्वन्ध कायम राखुन् पर्छ ।

उत्त अध्ययनबाट पत्ता लागेको छ । यदि आमाबाबुको सम्वन्ध बच्चाहरुसँग तनावपूर्ण र अपमानजनक छ भने प्रतिकुल असर बच्चाहरुको खानपिन व्यवहारमा पर्छ र बच्चाहरुको खानपानमा कुनै नियन्त्रण रहँदैन । बच्चाको स्वास्थ्य बिग्रिन सुरु हुन्छ । बच्चाहरु पौष्टिक आहारको साटोमा बढि चीनी वा तेलयुक्त खानेकुरा खान थाल्छन् र विस्तारै उनीहरुको रुची अस्वस्थकर खानेकुराहरुमा ध्यान जान्छ ।

बढि गुलियो वा चिल्लोयुक्त खानेकुरा खाने बच्चाहरुको बानीव्यहोरा नराम्रो हुन पुग्छ । बाल्बालिकाको दैनिक गतिविधिहरु पनि अनियमित हुन जान्छन् ।

– बच्चाहरुको स्वस्थ जीवनशैली र भावनात्मक , सामाजिक विकास हुनु उनको लामो जिवनका निम्ति अत्यन्त जरुरी कुरा हो ।

आर्थिक रुपमा कमजोर भएका घरहरुमा आमाबुवाले आफ्नो बच्चाहरुलाई राम्रो व्यवहार गर्दैनन् । यस्तो व्यवहारको कारण बच्चाहरुको स्वास्थ्यमा असर पर्छ । अन्ततः यसको नकारत्मक असर बच्चाहरुको बढ्दो उमेरसँगै उनीहरुको सामाजिक–आर्थिक स्तरमा देखिन्छ जान्छ र बच्चा रोगी तथा नकारात्मक प्रवृत्तिको हुनपुग्छन ।

कम शिक्षित तथा कम आर्थिक स्थिति भएका आमाबाबुले बच्चाहरुलाई तर्साउने वा जबरजस्ति आफ्नो आदेश मान्न लगाउनुको साटो रचनात्मक कुराकानीको सहयोगले उनीहरुको सम्वन्धमा न्यानोपन बढाउँछ ।

राम्रो घरमा असल आमाबाबुका बच्चाहरु ठूला भएपछि स्वस्थ र सोभानका हुन्छन् । अनुसन्धान प्रतिवेदनमा यो पनि भनिएको छ । यदि आमाबाबुले आफना बच्चाहरुसँग राम्रो सम्वन्ध छ्रैन भने यसको प्रतिकुल असर बच्चाको स्वास्थ्यमा पर्छ । यति मात्र होइन, तनाग्रस्त माहोलमा हुर्किएका बच्चाहरुको स्वास्थ्य ठूलो भएपछि पनिराम्रो हुँदैन ।