गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी

0 25

सुर्खेत, ८ पुस। गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएको आगलागीमा १० वटा पसल पुर्ण रुपमा जलेको जानकारी दिए ।

आगलागीबाट झण्डै करीब ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान लागाएका छन् । गए राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।