साहित्यकार प्रेमा शाहको निधन

0 23

काठमाडौं,६ पुस । साहित्यकार प्रेमा शाहको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको लेखक प्रकाश सायमीले जानकारी दिए ।

साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

उनको पँहेलो गुलाफ ९कथा संग्रह ०२३० मा प्रकाशित भएको थियो ।पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ ।

त्यसपछि ०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा थियो ।

‘ममी’ पनि उनको अर्को चर्चित कृतिको रुपमा चिनिन्छ । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।