टोटनह्याममाथि म्यानचेष्टर सिटीको राम्रो जित हातपायो

0 20

काठमाडौं ,२ पुस। प्ले मेकर केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनसँगै म्यानचेष्टर सिटीले टोटनह्याममाथि शानदार जित हात पारेको छ । प्रिमियर लिगमा १४ औं जितसँगै म्यानचेष्टर सिटीले १४ अंकको अग्रता कायमै गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले टोटनह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएकोखेलमा म्यानचेष्टर सिटीले १४ औं मिनेटमा गुन्डोगोनको गोलबाट अग्रता लिएको थियो । बाँकी गोल भने दोस्रो हाफमा भयो ।

७० औं मिनेटमा डि ब्रुयेनले गोल गरे । ८० र ९० औं मिनेटमा राहम स्टर्लिङले गोल गरे । खेलको अन्तिमतिर टोटनह्यामका एरिक्सनले सान्त्वना गोल गरे ।

खेलपछि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले केभिन डि ब्रुयेनको खेलको प्रशंसा गर्दै क्लबलाई एउटा राम्रो इस्टिट्युसन बनाउन मदत गरेको बताए ।