सुरुवाती संगौ कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलको अग्रता

0 11

काठमाडौं,२२ मंसिर । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् ।

२९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मत पाएका छन् ।यस्तै यो क्षेत्रमा नयाँ शक्तिका गगन शाहले २०, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले १२ र नेकपा मालेका भोजबहादुर विकले ९१ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश ९क० मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । उनले १६९६ मत प्राप्त गरेका छन् भने कांग्रेसका कमलकिशोर घिमिरेले ९९३ मत ल्याएका छन् ।