काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु

0 93

काठमाडौं , २२ मंसिर । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु , क्षेत्र नम्बर ५,१ र ६ को मतगणना सुरु भएको छ । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारीदिनुभएको छ ।काठमाडौं १ मा वाम

गठबन्धनबाट माओवादीका अनिल शर्मा र कांग्रेसका प्रकाशमान सिंह, साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान गरीएको छ ।

यसैगरी क्षेत्रनम्बर ५ मा कांग्रेसका डा. प्रकाशशरण महत , एमालेका इश्वर पोखरेल, र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।यसैगरी क्षेत्रनम्बर ६ मा माओवादीका झक्कु सुवेदीबीच कांग्रेसका भिमसेनदास प्रधान प्रतिस्पर्धा हुने अनुमान छ ।