डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा भारी मतले निर्वाचित

0 114

डोल्पा ,२२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा भारी मतले निर्वाचित हुनु भएको छ । नन्दसिंह बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हुनुभएको हो।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीको पक्षमा १२१३ मत प्राप्त गरेका थिय । बुढा र ठकुरीबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।