प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सिभील ड्रेसका प्रहरीदेखी तालिमप्राप्त कुकुरसम्म

0 118

काठमाडौं, २० मंसिर। नेपाल प्रहरीले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि सबै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभएको छ ।

निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेराना सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिनेछ ।

प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि ८५ प्रतिशत जनशक्ति खटाइएको छ ।

सुरक्षा अनुगमनका लागि डिएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसपी, एसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसएसपी र एसएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा डिआईजी खटाइएको छ ।

सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन चुनावी सुरक्षाका लागि गरिनेछ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, हतियार र साधन स्रोतको परिचालन सम्पन्न भइसकेको छ ।

सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।