डिप्रोक्स लघुवित्त विकास बैंकले ३१ प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव

0 13

काठमाडौं,१२ मंसिर । डिप्रोक्स लघुवित्त विकास बैंकले ३१ प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीकै साधारण सभाबाट पारित हुन भने बाँकी छ ।