“झ्यानाकुटी” लाई दर्शकको साथ

0 33

काठमाडौं ११ मंसीर । निशा अधिकारीको निर्माणमा तयार भएको चलचित्र “झ्यानाकुटी” लाई दर्शक बाट राम्रो साथ मिलेको छ । मंसीर १ गते देखी देश ब्यापी रुपमा प्रर्दशनमा आएको चलचित्रले सुरुको दिनहरुमा खासै दर्शको उपस्थिती रहेको थिएन । आलु प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिलिम युनिटले खसै प्रचार प्रसार नगरी चलचित्र प्रदर्शनमा ल्याएको थियो ।

फिलिम हेरेका दर्शकले फिलिमको कथा वस्तु र प्रस्तुती रुचाएका कारण माउथ पब्लिसिटीका कारण फिलिमले आईतबार देखी थप सोहरु पनी पाएको थियो । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सैगात मल्ल बेनिशा हमाल सुमि मोक्तान ,पुष्कर गुरुङ्ग लगायतको प्रमुख भुमिका रहेको चलचित्रमा कथा प्रदिप भारद्धाजको रहेको यो फिलिमलाई सामाजिक संजाल मा पनी राम्रो प्रतिकृया आईरहेको छ ।

हरी हुमगाँइको छायाङ्गकन रहेको चलचित्रमा एक दम्पतिको पारीवारी कलह, हाँसो,रोदन, प्रेम लाई रोचक तरीकाले प्रस्तुत गरीएको छ । प्रदर्शन भएको दिन देखी आजको दिनसम्म आईपुग्दा “झ्यानाकुटी” हेर्न आउने दर्शको चाप उत्तिकै रहेको छ । अहीले निर्माण युनिट चलचित्रको सफलता संगै सक्सेस पार्टीको आयोजना गर्ने निकट स्रोतले आवर नेपाल न्युजलाई जानकारी गराएका छन् ।