जाममा फस्नुहोला ! यस्तो छ राष्ट्रपतिको एयरपोर्टसम्मको सवारी रुट

0 28

काठमाडौं,२७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार संयुक्त अरब इमिरेट्स युएइको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी दिउँसो साढे चार बजे युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । युएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नाह्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।

राष्ट्रपतिको साथमा उनकी छोरी निशा कुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका विदेश मामिला विज्ञ डा। मदन कुमार भट्टराई, परराष्ट्रसचिव शंकर दास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र प्रसाद पौडेललगायत सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी विहीवार स्वदेश फर्किने कार्यक्रम छ ।

यस्तो छ रुट
शीतल निवासबाट राष्ट्रपति भण्डारी दिउँसो साढे चार बजे निस्कनुहुने कार्यक्रम तय भएको छ । त्यहाँबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ । जामबाट जोकिन त्यससमय बैकल्पिक सडक प्रयोग गर्नु राम्रो हुनेछ ।