नौबिसेको र काठमाडौंको सतुंगल सुरुङ्ग मार्ग को लागी जग्गा अधिकरण सुरु

0 13

काठमाडौं,२२ कात्तिक । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणमा लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरुङमार्गको ‘एक्सेस रोड’को लागि साविकको महादेशस्थान, दहचोक, बलम्बुर थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना गरेको छ ।

सडक विभागले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि जग्गा अधिग्रहणका लागी प्रभावित क्षेत्रलाई लीषत गर्दै सूचना निकालेको हो । यो सुरुङमार्ग यसै आर्थिक वर्षबाट सुरु गर्ने योजना छ ।

कित्ता नम्बरसहित प्रकाशित भएको सूचना अनुरुप घर, जग्गा, टहरा, रुख विरुवा लगायतको मुआब्जा दावी गर्दै एक महिनाभित्र कागजात पेश गर्न सकिनेछ । ४३७ कित्ता जग्गा अधिग्रहणका लागि सूचना आएको हो ।

३ लेनको एक्सेस रोडका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको सूचना निकालेको हो ।

सरकारले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार जग्गा अधिग्रहण गर्न लागेको जनाएको छ । अबको ३० दिनभित्र सडकमा जग्गा तथा संरचनाहरु पर्नेले मुआब्जा दाबी गर्न सूचित गरिएको छ ।

सुरुङमार्गका लागि आगामी डिसेम्बर(जनवरीमा ग्लोबल टेण्डर आहृवान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ ।

सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिएको हो ।

यो परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले सुरुङमार्गको निर्माणका लागि यो वर्ष ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ ।

२।३५ किलोमिटर लामो सुरुङमार्ग निर्माणपछि नागढुंगाको घन्टौं जामबाट छुटकारा पाइनेछ । अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ ।

जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङमार्ग बनेपछि नौबिसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ ।

नेपाल आयल निगमको थानकोट डिपोभन्दा मुनी निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २।२५ किलोमिटरको एक्सेस रोड निर्माण गर्नुपर्नेछ ।

एक्सेस रोड सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने एक्सेस रोड निर्माण गर्नुपर्ने छैन ।

१२ मिटर चौडाइको यो सुरुङमार्गमा दुवैतिर १र१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान राखिनेछ । आकस्मिक दुर्घटनाका समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइने छ ।

सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ ।

एकपट्टकिो सडक २ लेन हुँदा अर्कोपट्टीको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ ।

सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका, मालबाहक ट्रक र मोटरसाइकल चलाउन नदिने योजना छ । मोटरसाइकललाई सुरुङ मार्ग पास गराउन विशेष गाडीको व्यवस्था गर्ने योजना बनेको छ ।

मोटरसाइकल चालक सोही गाडीमा बसेर आउने र पार गरेपछि तोकिएको शुल्क तिर्ने व्यवस्था गर्ने योजना छ ।