जपरिवारसँग काँध मिलाएर राजनीति गर्ने पशुपति शम्शेरको राजनीति किन कमजोर ?

0 47

काठमाडौं १९ कात्तिक । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावले देशको राजनीतिक वातावरण गर्मिएको छ। । मंसिर १० पहिलो चरणको चुनाव हिमाली र पहाडी ३२ जिल्लामा हुँदैछ। त्यहाँका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १० गते चुनाव हुनेछ। २१ गते ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा चुनाव हुदैछ । आसन्न चुनावलाई लिएर दल र तिनका नेता तीव्र प्रचारप्रसारमा छन्। वरिष्ठदेखि कनिष्ठ नेतासम्म मतदातालाई फकाउन र लोभ्याउन व्यस्त देखिन्छन्। कतिपय पार्टीका प्रमुखहरू निर्वाचन क्षेत्रमा खटिएका छन्। केहि नेताहरुको भने यो पटक पनि जित हात नपारे राजनीतिक जिवन लगभग अन्त्य हुने लगभग पक्का छ । पुराना नेता मध्ये राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरा राजनीतिक जिवन कमजोर छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को संघीय प्रतिनिधि सभाका लागि लाई उम्मेदवार बनेका थापको अवस्था गर या मरको अवस्थामा रहेको छ । राजपरिवारसँग काँधमा काँध मिलाएर महाराजगञ्ज वरपर बस्दै राजनीति गर्दै आएका राणाको सिन्धुपाल्चोक साइनो खोज्दै यतिबेला लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भौतारिन थालेका छन्।

पञ्चायतको निर्वाचनदेखि बहुदलीय व्यवस्थासम्म पाँच पटक क्षेत्र नम्बर ३ बाट चुनेर आएका राणाले राजतन्त्रको अन्त्यपछि भने हार ब्योहोर्दै आएका छन्। पहिलो संविधान सभामा माओवादीको दावा तामाङसँग र दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग उनले हार्नुपर्‍यो। दावा अहिले प्रदेशकाका लागि वाम गठबन्धनमा उम्मेदवार छन् भने शेरबहादुरले वाम गठबन्धनबाट राणासँगै उम्मेद्वारी दिएका छन्।

२०७० को दोस्रो संविधानसभा चुनावमा पनि यी दुवै उम्मेद्वारबीच प्रतिस्पर्धा थियो। त्यतिबेला क्षेत्र नम्बर९३ मा प्रतिस्पर्धा भएको थियो, जसमा तामाङले राणालाई २ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका थिए।

यस क्षेत्रका स्थानीय तहमध्ये एमालेले २, कांग्रेसले २ र माओवादीले १ तहमा नेतृत्व गरिरहेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्र नम्बर १ र २ दुवैतिर पर्छ। माओवादीले जितेको सो नगरपालिका बाहेकका अन्य स्थानीय तहमा एमालेले २० हजार ९ सयभन्दा बढी, कांग्रेसले १९ हजार ६ सय बढी र माओवादीले ९ हजार ७ सयभन्दा बढी मत पाएका थिए।

राणाले वामपन्थी मतदाताको मत तान्न सके र लोकतान्त्रिक गठबन्धनको मत जोगाउन सके उनका निम्ति सुखद नतिजा आउन सक्छ। नभए, ०७० नदोहोरिएला भन्न सकिन्न।

भिजन नभएका नेता
पैसाको आडमा राजनिती गर्दै आएका राण लोकतन्त्रपछि पराजित हुदै आएका छन् । नेपालकै धनाढ्यमा गनिने राणालाई जितेर जनतामा जानुपर्छ भन्ने कुनै फिलिङ छैन। पञ्चहरुमध्ये राप्रपाको तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाको जिल्ला धनकुटामा पुगेर हेर्ने हो भने उनले उक्त क्षेत्रको विकासले काँचुली नै फेरिदिएका छन्। सडकको मात्र हैन जनताको आचरण नै कति सुधार गरिदिएका छन्। उक्त क्षेत्रको फोहोर व्यवस्थापन कति लोभलाग्दो छ, जुन काठमाडौंले समेत अनुशरण गर्न सकेको छैन।
ब्चवगल ल्भगउबलभ
काठमाडौं–१ मा विवेकशील साझालाई कांग्रेसको मत
काठमाडौं ( प्रतिनिधि सभा तर्फको निर्वाचनमा काठमाडौं–१ मा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसको मत खोस्ने स्पष्ट आधार फेला परेको छ । बहुमत कांग्रेस मतदाता रहेका यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनाव जित्दै आएका थिए । तर, यसपटक सिंहका लागि ठूलो चुनौति बनेर विवेकशील साझा उभिएको छ ।
स्थानीय तहको अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील र साझाले दिएका छुट्टाछुट्टै मेयरका उम्मेदवारले पाएको मतको विश्लेषण्का आधारमा पनि कांग्रेस कमजोर हुने प्रक्षेपण गरिएको छ ।

काठमाडौं–१ को ठूलो मतसंख्या यहि क्षेत्रमा पर्ने बानेश्वर, मैतिदेवी, अनामनगर, पुतलीसडक, दरबारमार्ग, ठमेललगायतका क्षेत्रमा रहेको छ । जहाँबाट महानगरको स्पर्धाका क्रममा तत्कालिन विवेकशील उम्मेदवार रञ्जु दर्शना र साझाका उम्मेदवार किशोर थापाका लागि खसेको थियो । नेपाली कांग्रेसले यी क्षेत्रमा आफ्ना मत सुरक्षित गर्न सकेको थिएन ।

‘लामो समयदेखि हामी नेपाली कांग्रेसको मतदाता हौं । तर, गणेशमान सिंहको नाममा धेरैपटक हामीले प्रकाशमान सिंहलाई चुनाव जितायौं, अबको मत विवेकशील साझाका लागि हुनेछ’, एकजना पूर्व शिक्षा अधिकारीले भने,‘हाम्रो २२ जनाको परिवारको मत रविन्द्र मिश्रलाई दिने निर्णय गरेका छौं । यो त गोप्य मतदान भन्छन् तर अब खुला हिसावले नै भन्नुपर्छ ।’

परम्परागत राजनीतिक दलले काम नगरेका कारण राजनीतिमा आएका रवीन्द्रकै लागि भएपनि कांग्रेस मतदाता खुलेर विवेकशील साझालाई सघाउने बचनबद्धता व्यक्त गरिरहेका छन् । निर्वाचनमा लड्ने घोषणा गर्नासाथ घरदैलोमा व्यस्त रहेका प्रतिनिधि सभा उम्मेदवार तथा विवेकशील साझा संयोजक मध्येका एकजना रवीन्द्र मिश्रसँग साक्षात्कार गर्ने अधिकांशले भनेका छन्,‘पहिला हामीले कांग्रेसलाई मत दियौं अब विश्वास रहेन, हामी विवेकशील साझालाई पत्याउने पक्षमा छौं ।’

आफ्ना मत सुरक्षित रहेको भन्दै तिव्र स्पर्धामा व्यहोर्नुपर्ने कांग्रेस नेता सिंहले निर्वाचन क्षेत्रमा प्रभावकारी काम नगरेका कारण उनीसँग रैथाने र जातीय सहानुभूतिका मतमात्र हुनसक्ने अनुमान गरिएको छ । तर, साक्षर क्षेत्र रहेका कारणले कांग्रेसले यसमा ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

काठमाडौं–१ मा बामपन्थी गठबन्धन कमजोर देखिएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा उम्मेदवार परेको छ । माओवादीले यसअघि उक्त क्षेत्रमा कमजोर मत ल्याएको थियो ।