डोटीको केआई सिंह गाउँपालिका–३ मा जिप दुर्घटनाग्रस्त,३ को मृत्यु,११ घाईथते

0 35

डोटी,१८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिका–३ मा जिप दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । उत्त घटनामा  ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर अबस्थामा रहेको छ।

केआई सिंह गाउँपालिका तिखात्तरबाटदिपाइलतर्फ आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जिप  गाउँपालिका वडा नम्बर ३ देउरडीमा दुर्घटनामा  चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको हो ।दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा  घाइते भएका ११ जनाको घाइते दिपायल शैलेश्वरी पोलीक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारणले भएको भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।