मेलम्चीको १.२ किलोमिटर सुरुङ अझै छिचोल्न बाँकी

0 60

काठमाडौं १८ कात्तिक। सरकारले आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य राखेको छ । तर, मेलम्चीको १.२ किलोमिटर सुरुङ अझै छिचोल्न बाँकी छ । दुई स्थानमा ब्रेक(थ्रु भएपछि मात्रै सुरुङ छेड्ने काम सकिनेछ । तर, अहिले खनिएको सुरुङको प्लास्टर र फिनिसिङमा पनि ढिलाई भइरहेको छ ।

झण्डै ६ महिनाअघिदेखि सुरु भएको प्लास्टरको काममा प्रगति न्युन छ । ६ महिनमा दुई किलोमिटर मात्रै सुरुङ प्लास्टर गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले अनलाइनखबरलाई बताए ।

सुरुङभित्र प्लास्टरसहित फिनिसिङ गर्न केही ढिलाइ भएको छ । अब हामी सुरुङको ब्रेक(थ्रु र फिनिसिङको काम समानान्तर रुपमा अघि बढाउँछौं ।’

चैतसम्म पानी ल्याउने हो भने १२ सय मिटर सुरुङको छेडेर बाँकी साढे २५ किलोमिटर सुरुङको प्लास्टर पनि गर्नुपर्नेछ ।
आयोजना प्रमुख देवकोटा सुरुङको प्लास्टरका लागि भारतबाट ६ वटा मिक्सचर मेसिन मगाइउको बताउँछन् । ती मेसिन आएपछि प्लास्टर फिनिसिङको काम पनि सँगै अघि बढाइने उनले बताए ।

प्लास्टरपछि सीधै मेलम्चीको पानीलाई सुरुङमा हालेर सुन्दरीजलको पानीप्रशोधन केन्द्रमा ल्याइने छ । प्रशोधनपछि मात्रै यसलाई विरणलाइनमा हाल्ने योजना छ । अहिले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ ।

सुरुङ निर्माणकोकाम इटालीयन ठेकेदार कम्पनी को(अपेरटिभ मुरातोरी एन्ड केमेन्टेस्टी ९सीएमसी०ले गरिरहेको छ । अहिले सुरुङ निर्माणको गति

खासैबढेको सुस्त छ । दैनिक १८ मिटर मात्रै सुरु खनिँदैछ । पुसको मध्यसम्मसुरुङ निर्माण सकाउने सरकारको लक्ष्य छ । तर, अहिलेकै कामको गतिले यो सम्भव नदेखिएको र केही गति बढाउनुपर्ने आयोजना प्रमुख देवकोटा बताउँछन् ।

आयोजना कार्यान्वयन निर्देशनालयले चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याइसक्ने लक्ष्य राखेर पाइप राख्ने काम धमाधम गरिरहेको छ ।

तर, अहिलेकै गतिमा काम भए चैतसम्म पनि मेलम्चीको पानी काठमाडौं आउन मुस्किल पर्ने देखिएको छ । त्यसपछि फेरि पानी वितरणको ‘डेटलाइन’ सार्नुपर्ने अवस्था आउन सक्नेछ । ‘हामी सबैकामहरु समानान्तर रुपमा लक्ष्य भेट्ने गरी नै गरिरहेका छौं,’ देवकोटाले भने ।

मेलम्ची खानेपानी आयोजनाको २६।३ किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९.४ किलोमिटर सुरुङ अघिल्लो वर्षको पुसको मध्यमै छेडिएको थियो ।

अहिले सिन्धुदेखि ग्यालथुमसम्मको ५ सय मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको ७ मिटर सुरुङ खन्न बाँकी छ । पुसम्मिको दुबै सुरुङको ब्रेक(थ्रु गर्ने योजना छ ।

‘सुरुङ खन्दा नरम चट्टान भेटिँदा समस्या हुनछ,’ आयोजना प्रमुख देवकोटाले भने, ‘बलियो चट्टान भेटिँदा काम सहज हुन्छ । अहिले अम्बाथानतर्फ नरम चट्टानले समस्या गरिरहेको छ । जति भित्र गयो उति काम गाह्रो हुँदै जान्छ ।’

चाइना रेल्वेले सन् २०१३ को सेप्टेम्बरसम्म काम सक्ने गरी २००९ मा सुरुङको ठेक्का लिएपनि काम सुस्त भएपछि २०१२ मा सम्झौता तोडिएको थियो ।

त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको थियो । त्यसपछि इटालियन ठेकेदारले काम थाल्यो । तर, भूकम्प र नाकाबन्दीका कारण देखाउँदै यो कम्पनीले पनि समयमै काम गर्न सकेन ।

यो सुरुङ बनेपछि भने सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजलमा झर्नेछ । पटक–पटक म्याद थपिएको मेलम्ची काठमाडौं आउन अर्को एकपटक पनि म्याद थप्नपर्ने अवस्था नजिक रहेको सरकारी अधिकारी बताउँछन् ।साभा अनलाईन खबर