८ सय भेँडा सडकको दौडादौडमा

0 25

तपाइँले कहिल्यै भेँडाको म्याराथन भएको सुन्नुभएको छ रु सायद छैन होला । किनकी दुनियामा अहिलेसम्म सायद यस्तो भएकै थिएन । हालै बेलायतमा यस्तो भएको छ । धेरैले यसलाई भेँडाको म्याराथन भनेका छन् ।

इंगल्याण्डको नर्थ योर्कशायरमा केही दिन पहिले सडकमा एकाएक ८ सय वटा भेँडाको लावालस्कर देखियो । बिहान खाली रहेको सडकमा दिउसो एक्कासी सयौँ भेडा देखिएपछि सबै तिनछक पर्नु स्वभाविकै थियो ।

भेँडाको म्याराथन भनिएपनि त्यो कुनै प्रतियोगिता थिएन । किसानहरुले पालेका भेँडा आफ्नो हिउँदे गोठतर्फ एकैचोटि जानेक्रममा यसरी सडक भरेका थिए । ८ सय भेँडा सडकमा दौडादौड गरिरहँदा दृश्य निकै अनौठो भयो । वास्तवमा किसानले चौर हुँदै भेँडा खेदिरहेका थिए फार्मतर्फ । तर एक्कासी एउटा भेँडा चौर छाडेर सडकतर्फ अघि बढ्यो । तब त के चाहियो सबै भेँडा सडकमा आए र सडकम नै छोपिहाले ।

सडकमा झण्डै ६ माइल दूरी पूरा गर्दै भेँडाहरु आफ्नो फार्ममा पुगे । त्यसक्रममा सडकमा आवतजावत बन्द भयो । गाडीहरु जहाँको तहीँ रोकिन बाध्य भए, भेँडाका कारण ।