सिएल शर्माको ‘एकै नजरले’ बोलको गीत भिडियो सहीत सार्वजनिक

0 59

गायक तथा सङ्गीतकार सि एल शर्मा को सारै राम्रो मन छुने ‘लोक पप’ स्टाइल को म्युजिक भिडियो SongsNepal मार्फत हालै युट्युब मा रीलिज भएको छ। समन अधीकारी को निर्देशन रहेको उक्त गीत को भिडियोमा मोडेल हरु पुष्प खड्का र एलिसा राइको अभिनय रहेको छ । शब्द , सङ्गीत र स्वर सिएल शर्मा स्वयम को रहेको छ ।

बिगत ५ बर्षदेखी दक्षीण कोरीयामा बसोवास गदै आएका गायक तथा गायक तथा सङ्गीतकार शर्मा बिगत १७ बर्ष देखी प्रतक्ष रुपमा सङ्गीत मा आबद्ध भई रहेका र बर्सेनी गीत हरु बजारमा आइरहेका छन् । उक्त भिडीयोलाई सम्पादन प्रकास तुलाधरले गरेका छन् भने भिडीयोलाई दिपेन्द्र थपलियाले छायाङ्गकन गरेका छन् । उक्त भिडीयोलाई दर्शकहरुवाट राम्रो प्रतिकृया आएको छ ।