नेपालमा व्यवसाय गर्ने वातावरणमा थप सुधार हुदै

0 16

काठमाडौं,१५ कात्तिक। नेपालमा व्यवसाय गर्ने वातावरणमा थप सुधार हुदै गएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । सन् २०१८ को लागि प्रकाशित ‘डुङइ विजनेश’ प्रतिवेदन अनुसार नेपाल १ सय ५ औं स्थानमा उक्लिएको हो । यसअघि सन् २०१७ को लागि प्रकाशित प्रतिवेदनले नेपालको स्थान १ सय ७ मा रहेको देखाएको थियो ।

विश्वमा १ सय ९० वटा देशको अर्थतन्त्रलाई समेटेर तयार पारिएको प्रतिवेदनले विभिन्न विषयको आधारमा तयार गरिएको १ सय अंकमा नेपालले ५९।९५ अंक पाएको हो ।

चल सम्पत्तिको धितोमा पनि कर्जा दिन सकिने व्यवस्था सहितको सुरक्षित कारोबार प्रणालीको कार्यान्वयन, संस्थागत पारदर्शीताको कायम गर्दै साना लगानीकर्ताको संरक्षणमा सुधार भएकोले नेपालको व्यवसायिक वातावरण सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।

१० वटा सूचकमा नेपालको सबैभन्दा राम्रो अंक ९स्थान० साना लगानीकर्ताको संरक्षणमा, वैदेशीक व्यापारमा सहजता, समस्याग्रस्त संस्थाको व्यवस्थापन, सम्पत्ती दर्तामा सबैभन्दा राम्रो स्थान प्राप्त गरेको हो । यीनमा नेपालले क्रमशः ६२, ७६, ७६ र ८४ स्थान हासिल गरेको छ ।

निर्माण अनुमतिसम्बन्धि प्रक्रियाहरु बढेको, समय बढि लाग्न थालेकोले यो सूचकको आधारमा नेपाल १ सय ५५ स्थानमा छ । विद्युत प्राप्तीको अवस्थामा खासै फरक नदेखिएपनि स्थान भने २ अंकले उक्लिएर १ सय ३३ मा पुगेको छ । सम्झौता कार्यान्वयनमा पनि नेपालको स्थान १ अंकले बढेर १ सय ५३ स्थानमा आइपुगेको छ ।

यसअघि नेपालभन्दा पछिल्लो स्थानमा रहेको छिमेकी देश भारतले उच्च छलाङ मारेको छ भने चीनको स्थान फेरिएको छैन् । यसअघि १ सय ३० स्थानमा रहेको भारत १ सय स्थानमा आइपुगेको हो । १० सूचकमा भारतले ८ वटामा सुधार गरेको प्रतिवेदनले उल्लेख गरेको छ । भारतले व्यवसाय सुरु गर्न, निर्माण सम्बन्धि कार्यको अनुमति, कर्जा प्राप्ति, विद्युत् प्राप्ति, साना लगानीकर्ताको संरक्षण, कर भुक्तानी प्रक्रिया, बैदेशिक कारोबार, कामदार सम्बन्धि सम्झौता र समस्या ग्रस्त संस्थाको व्यवस्थामा सुधार गरेको हो ।

हाल भारत कर्जा र विद्युत् पाउन सहज देशको सूचीमा २९ स्थान, साना लगानीकर्ताको संरक्षणमा ४ स्थान रहेको छ । अन्य सूचकमा नेपालभन्दा भारत पछाडी रहेपनि यिनै सूचकको आधारमा नेपालभन्दा अगाडी आइपुगेको हो ।

१० सूचकमा कर भुक्तानी प्रक्रिया र व्यवसाय सुरुवातमा सुधार गरेपनि समग्रमा भने स्थान परिवर्तन नभई ७८ मा आइपुगेको छ । चीनको ताइवान र हङकङलाई अलग्गै अर्थतन्त्रको रुपमा लिइएको छ । यी दुईको स्थान भने क्रमशः ५ र १५ स्थानमा रहेको छ ।