अखिल क्रान्तिकारी र अनेरास्ववियुको बनाय चुनावी रणनिती

0 20

काठमाडौं,१५ कात्तिक। वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीका विधार्थी संगठनहरुले संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।

अखिल क्रान्तिकारी र अनेरास्ववियुको आज बागबजारमा बसेको संयुक्त बैठकले ११ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आओर नेपाल न्युज लाई भने, हाम्रा भेला, प्रशिक्षण र चुनाव प्रचार संयुक्त रुपमा नै हुनेछन् । आगामी निर्वाचनमा वाम गठवन्धनलाई जिताउन आजैबाट हामीहरु परिचालित भएका छौं ।’

बस्नेतका अनुसार अखिल क्रान्तिकारी र अनेरास्ववियुले आजै दिउँसो बागबजारमा उपत्यकास्तरीय संयुक्त भेला आयोजना गरेका छन् ।

भेलालाई एमाले नेता शंकर पोखरेल र माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले सम्वोधन गर्दै आवश्यक निर्देशन दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

एमाले सम्वद्ध युवा संघ र माओवादी सम्वद्ध वाईसीएलले पनि संयुक्त चुनाव परिचालन समिति गठन गरिसकेका छन् ।