एमालेबाट समानुपातिक सभासद भएका चौधरी नेपाली कांग्रेसको समानुपातिक सूचीमा

0 20

काठमाडौं, १३ कात्तिक । फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो ।

०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन् ।

 

यसपटक चौधरीको नाम समानुपातिक सूचीमा राखेको आफूले जानकारी पाएको कांग्रेस नेता डा। नारायण खड्काले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार चौधरीलाई समानुपातिकको प्राथमिकता सूचीमा राखेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । पार्टीलाई चुनावका लागि आर्थिक सहयोग गर्ने आश्वासनपछि चौधरीलाई समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ ।