लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त 

0 23

काठमाडौं ६ कात्तिक । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको सम्पन्न बैठकले हाल गृह सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा नियुक्ति गरेको हो।

गत असार २९ गते मुख्य सचिव बनेका राजेन्द्र किशोर क्षेत्री ५८ बर्षे उमेरहदका कारण ३ महिना १० दिनको कार्यकालपछि अवकाश पाउने भएपछि नेपालको २४ औं मुख्य सचिवमा रेग्मी नियुक्त भएका हुन्।

प्रतिस्पर्धामा रहेका तीनै जना सचिवहरु २०७० साउन ६ गते एकैदिन सचिव बढुवा भएका थिए। जसमध्ये ङइन्द्रप्रसाद उपाध्याय २०६९ माघदेखिनै कामु सचिव भैसकेका छन्।