गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा

0 23

काठमाडौं ६ कात्तिक । गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा भएको छ । अर्थमा भने शंकर अधिकारी गएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्दै तीन सचिवको सरुवा गरेको हो ।

रेग्मी मुख्य सचिव भएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका छन् । उनी सामान्य प्रशासनमा थिए ।

मुख्य सचिवको दौडमा एक नम्बर बरियतामा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको सरुवा भएको छ ।

गृह सचिव भएका सापकोटा र अर्थमा आएका अधिकारी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निकटस्थ मानिन्छन् । सरकारका एक मन्त्रीले मुख्य सचिव र सचिवहरुको सरुवामा आरजु हावी भएको गुनासो गरे ।