समानुपातिकमा परेका कांग्रेसका ठूला नेता

0 23

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसले यसपटक अधिकांश ठूला नेताहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । यसरी समानुपातिक तर्फ उम्मेदवार बन्ने कांग्रेसका नेताहरुमा कृष्णप्रसाद सिटौलादेखि सुजाता कोइरालासम्म छन् ।

केबी गुरुङ, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठोर, कृष्णचन्द्र नेपाली, सीतादेवी यादव र चित्रलेखा यादवको नाम समानुपातिकको सूचीमा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । त्यसैगरी महालक्ष्मी उपाध्याय ‘डिना’, पुष्पा भुसाल, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, उमा रेग्मी, मीना पाण्डे र मञ्जु खाण समानुपातिक उम्मेदवार बनेका छन् ।

मृदुला कोइरालालार्इ पनि कांग्रेसले यसपटक समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । मधु शाही, रीता खनाल, सीता गुरुङ, ज्ञानकुमारी छन्त्याल, बहादुरसिंह लामालगायतको नाम पनि यसपटक समानुपातिकमा छ ।