८८ किलो सुन तस्करी प्रकरणमा कांग्रेस उम्मेदवार पक्राउ

0 22

काठमाडौं,३० असोज । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्ति ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

प्रहरीले सोमबार काठमाडौंको स्वयंभूबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । उनी नेपाल(केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो ।