चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदै

0 17

काठमाडौं,३० असोज । चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ ।

नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ । बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना नेपाल प्रहरीले पाएको छ ।

यही बेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीले पाएको छ ।

आत्मदाहको सूचनापछि बौद्ध स्तुपा क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै जावालाखेल, स्वयम्भू क्षेत्रमा पनि निगरानी बढाइएको खबर नयाँ पत्रिका दैनिकमा छ ।