पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ४ देखि विद्यालय बन्द

0 26

काठमाडौं , २८ असोज, । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको छ ।

साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।