सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख र राष्ट्रपति भेट बार्ता

0 27

काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण अन्योलमा परेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शनिबार बिहान यसबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय मागेका छन् ।

यादवले विहान ११ बजे राष्ट्रपतिलाई भेट्ने समय तय भएको छ । शीतलनिवासको नभई प्रमुख आयुक्तकै पहलमा राष्ट्रपतिसँग भेट तय भएको हो ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ कमल थापासहित राप्रपाका ८ जना नेताहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपतिले सपथ ग्रहणको समय उपलब्ध गराएकी छैनन् ।शनिबार सपथग्रहण गर्ने भनिए पनि यसमा निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

संवैधानिक निकायका रुपमा रहेको आयोगले सरकारको कदम आचारसंहिता विपरीत ठहर भएमा यसलाई रोक्न सक्ने अधिकार राख्छ ।यसअघि पनि निर्वाचन आयोगले आपत्ति जनाउँदा जनाउँदै प्रधानमन्त्री देउवाले जवरजस्ती सरकार विस्तार गर्दै आएका छन् ।