नेपालका पाँच चिकित्सकलाई बाली मेडिकल जर्नलले कालोसूचीमा राख्यो

0 23

काठमाडौं, २८ असोज । नेपालका पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् ।

जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी।थानापरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । त्यस्तै भारतीय चिकित्सकमा भी। रोहिल छन् ।

उनीहरुले काठमाडौंस्थित ओम अस्पतालका डा। भोला रिजाल, डा। भरत झा, डा। आर श्रेष्ठको शोधपत्रको हुबहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए । यो खबर प्रकाशमा आएसँगै उनीहरुलाई कालोसूचीमा राखिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।