नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष, गौचनको गोली हानी हत्या

0 31

काठमाडौं, असोज २३। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली प्रहार बाट हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको गोली प्रहार बाट हत्या भएको हो ।

गोली लागेर घाइते भएका गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । सिभिल अस्पताल परिसरमा गौचनका घरका सदस्य,आफन्त र निर्माण व्यवसायीहरु भेला भएका छन् । अहिले अस्पताल क्षेत्र शोकाकुल अवस्थामा छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै गौचनमाथि गोली प्रहार भएको थियो । राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र तनाब ग्रस्त बनेको छ ।

गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।