नायव सुब्बा घुस लिँँदै गर्दा पक्राउ परे

0 19

काठमाडौं, असोज २३। जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।