उडिरहेको जहाजभित्रै एक महिलाले बच्चा जन्माईन

0 21

काठमाडौं २३ असोज । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जनम दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन्।

ताल्चा विमानस्थलबाट नेपालगन्ज राँझा विमानस्थलमा आउँदै गर्दा उनले मायादेवीले बच्चा जन्माएकी हुन्। प्रसुती बेथाले च्यापेपछि जहाजमा नेपालगन्जमा प्रसुती उपचारका लागि ल्याउँदै गर्दा बालकके जन्म भएको नेपाल एयरलायन्स क्षेत्रीय निर्देशक मुक्ति पाण्डेले जानकारी दीए ।

करीब बिहानको ११ बजेर ५ मिनेटमा ताल्चाबाट उडेको भरेको जहाजमा ११ बजेर ५५ मिनेटमा बालकलाई जन्मदीएको हो। आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बुझिएको छ। आमा र बच्चालाई उपचारका लागि भेरीअञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ।

मुगुमा सुत्केरी भई अत्याधिक रक्तश्राव भएपछि उनलाई आफन्तको आग्रहमा नेपाल एयरलायन्सको जहाजबाट ल्याएको थियो। रक्तश्रावका कारण ज्यान नै जाने खतराभएपछि जहाजका पाइलट आइआर गुरुङले लिखित कागज गराएर जहाज उडाएका थिए।

नेपालगन्ज विमानस्थलमा ल्याण्डिङ गर्नुअघि बच्चाको जन्म भएको क्षेत्रीय निर्देशक पाण्डेले जानकारी दिए। मृत्युको काखबाट आमा र शिशुलाई बचाएको उनले भने।

जहाजमा सात महिना माथिको सुत्केरी महिला जहाजमा उडान गरिँदैन। तर नेपाल एयरलायन्सले आफन्त र बिरामीको लिखित कागजात गराएर उडान गरेका थिए। आफन्तले जहाजकै कारण मृत्युको काखबाट बच्चा र आमा बचेको बताएका छन्।