महाकाली करिडोर ८ वटा निर्माण कम्पनीलाई आयोजनाले कार्वाही

0 19

दार्चुला २३ असोज । महाकाली करिडोर निर्माणको जिम्मा लिएका ८ वटा निर्माण कम्पनीलाई आयोजनाले कार्वाही गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो करिडोर अन्तरगर्तको दार्चुला–तिंकर सडकखण्डका ८ वटा कम्पनीहरुलाई कार्वाही गरी आयोजनाले एक करोड बढी रुपैयाँ जरिवाना गरेको छ ।

सुस्त गतिमा निर्माण भइरहेको तथा रकम खर्च गर्न नसक्ने आयोेजनाका रुपमा रहेको दार्चुला तिंकर सडक निर्माण कम्पनीहरुलाई द्रुतगति प्रदान गर्न भन्दै आयोजनाले निर्माण कम्पनीहरुलाई तीन वर्षमा एक करोड १२ लाख भन्दा बढी जरिवाना गरिएको आयोजना प्रमुख मनिसकुमार शाहले बताए । ,

कार्यालयले आर्थिक वर्ष ०७१र०७२ मा जगदम्बारनरसिहरकालपानी जेभीलाई ७ लाख ५३ हजार ७ सय २९ रुपैयाँ १६ पैसा, जागृतीरमालिकार्जुनरशिखर जेभीलाई एक लाख ७५ हजार ८६८ रुपैयाँ ८६ पैसा र गोल्डेन गुडरनरसिहरकालापनी जेभीलाई २१ लाख ४५ हजार १३१ रुपैयाँ १७ पैसा गरी जम्मा ३० लाख ७४ हजार ७२९ रुपैयाँ १९ पैसा जरिवाना गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७२र७३ मा पनि ३ निर्माण ज्वाइन्ट भेञ्चरलाई ४३ लाख ९ हजार ५२३ रुपैयाँ ३८ पैसा जरिवाना गराइएको थियो । यो आर्थिक वर्षमा एडभेन्चररशनिदेव जेभीलाई ९ लाख ४१ हजार ४९२ रुपैयाँ ७१ पैसा, सापरजागृतीरतुल्छीरदुर्गा जेभीलाई १२ लाख ५४ हजार २५९ रुपैयाँ ७९ पैसा र थोडुङ्ग जसलिङ जेभीलाई २१ लख १३ हजार ७७० रुपैयाँ ८८ पैसा जरिवाना गरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष ०७३र०७४ मा राजेन्द्र निर्माण सेवालाई ११ लाख ४२ हजार ९२० रुपैयाँ तथा रायमाझीरजगदम्वारनरसिह जेभीलाई २७ लाख ३३ हजार ९५९ रुपैयाँ ६३ पैसा गरी ३८ लाख ७६ हजार ८७९ रुपैयाँ ६३ पैसा जरिवाना गराइएको लेखापाल चेतराज भट्टले जानकारी दिनुभएको छ ।

सुस्ताएको उक्त आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटक भन्दा बढी पटक लिखित जानकारी समेत गरेको आयोजना प्रमुख शाहको भनाइ छ ।
आर्थिक वर्ष २०६५र०६६ देखि निर्माण कार्य थालिएको दार्चुला तिंकर सडकको काम वर्षायाम सुरु भएसंगै बन्द भएको थियो ।

कहिले मौसमका कारण त कहिले जिलेटिन लगायत निर्माण सामग्रीहरु अभावका कारण निर्माण कार्य बन्द हुने दार्चुला तिंकर सडक खण्डको काम अझै सुरु हुन सकेको छैन ।

यसरी कछुवा गतिमा निर्माण भइरहेको उक्त सडकको खलंगा देखि उत्तर पश्चिम तिंकरसम्मको १ सय ४० किलोमिटर सडक खण्ड मध्ये अहिले सम्म १८ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ ।

यही गतिमा सडक निर्माण हुने हो भने हुने हो भने दुहूँ क्षेत्रका बासिन्दाहरुले गाडी चढ्न अझै वर्षौ कुर्नु पर्ने देखिएको छ ।