विजयकुमार गच्छदार आज नेपाली कांग्रेसमा फर्किने

0 27

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्किने भएका छन्। कांग्रेस एक नेताका अनुसार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन्। शीर्ष नेताहरु सम्मिलित बैठकले फोरम कांग्रेस एकीकरणका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने उनले बताए।

उपेन्द्र यादवबाट छुट्टिएपछि गच्छदारले २०६६ साउनमा नेपाल लोकतान्त्रिक फोरम पार्टी बनाएका थिए। नेपाली कांग्रेसमै हुँदा उनले २०४८, २०५१ र २०५६ सालमा चुनाव समेत जितेका थिए।