यसरी चम्किए चिनियाँ शो मा नेपाली

0 39

काठमाडौं । रियालिटी शो नेपालीहरुको लागि नौलो कुरा भएन, चाहे त्यो देशमा होस् वा विदेशमा । हालै मात्र नेपालको चर्चित रियालिटी शो बन्न सफल नेपाल आइडलको पहिलो श्रृखंला पनि समाप्त भै सकेको छ । जसमा पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भए । रियालिटी शो को कुरा गर्दा प्रशान्त तामाङ र टेरिया मगरको नाम छुटाउने कुरा हुदैन , जसले विदेशमा गएर आफनो प्रतिभा मार्फत सफलताको शिखर चुम्न सकेका छन् ।

यसले के प्रमाणित हुन्छ भने नेपालीहरु विदेशमा हुने गरेको रियालिटी शो मा भाग लिन इच्छुक रहेको देखाँउछ । अझै भन्ने हो भने विदेशमा गएर प्रतिस्पर्धा गर्न रुचाँउछन् । हालै मात्र यस्तै अभिरुचि भएका एक नेपालीले चिनियाँ रियालिटी शो मा भाग लिएका छन् ।

नेपालीले चिनियाँ रियालिटी शो मा भाग लिएको यो सम्भवत पहिलो पटक हो । चिनियाँ रियालिटी शो मा भाग लिने नेपालीको नाम हो सन्देश सिंह देउजा । उनी अहिले चर्चाको शिखरमा छन् ।नेपाली पोशाक दौरा सुरुवालमा चाइनिज रियालिटी सो मा पुगेका सन्देशले चाइनिज भाषामा गीत गाएका छन् ।

चिनियाँ कार्यक्रममा चाइनिज भाषामा गीत गाएको भन्दै सन्देशको अहिले प्रशंसा भैरहेको छ । उनको उक्त भिडियो केही समय देखि समाजिक सञ्जालमा भाइरल बन्न सफल भएको छ । उक्त चिनियाँ रियालिटि सो गायनमा आधारित हो । जुन चीनको एक टिभी च्यानलले प्रसारण गदै आएको छ ।